Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

अमेरिकामा गोली प्रहार गरि एक नेपालीको हत्या


2.5K
Shares

अमेरिकामा गोली प्रहार गरि एक नेपालीको हत्या

काठमाण्डौं २६, बैशाख । अमेरिकाको मेरील्याण्ड राज्यमा गोली प्रहार तथा आगजनीमा परेर एक नेपालीको मृत्यु भएको छ । मृत्यु भएका नेपाली संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे भएको पुष्टि भएको छ ।

घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लिफ्टन विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेको उहाँका सहोदर काका कप्तान घिमिरेले जानकारी दिनुभयो ।

शनिबार बिहान बाल्टिमोर काउण्टीको उडलनमा भएको उक्त आगजनी तथा गोली प्रहारमा घिमिर सहित ४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology