Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा जिल्लाभर मध्यरातदेखि निषेधाज्ञा जारी : उल्लंघन गरे कडा कारवाहीको तयारी


1.2K
Shares

गोरखा जिल्लाभर मध्यरातदेखि निषेधाज्ञा जारी : उल्लंघन गरे कडा कारवाहीको तयारी

गोरखा २३, बैशाख । नोबल कोरोना भाइरस संक्रमितको संख्या उच्च हुदै गएपनि संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै गएको मध्य रातदेखि गोरखा जिल्ला भर निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखामा हिजो बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले बिहीबारदेखि जिल्ला भर निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा बैशाख ३१ गते राती १२ बजे सम्म कायम हुने छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण जिल्ला भर फैलिएकोले जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्लाभित्र हुन सक्ने संक्रमणको तिब्र फैलावट रोकथाम तथा नियन्त्रणका लागि जिल्ला भर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी एव केन्द्रका अध्यक्ष शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

केन्द्रले निषेधाज्ञा जारी भएको अवधिमा कोरोना संक्रमित विरामीको सम्पर्कमा आएका ब्यत्तिहरुको कन्ट्याक्ट ट्रेसिङ लगायतका कार्यलाइ तिब्रता दिन सम्पूण स्थानिय तह र स्वास्थ्य कार्यालयलाई केन्द्रले आग्रह समेत गरेको छ । निषेधाज्ञाको उंल्लधन गर्नेलाई कानुन वमोजिक कडा कारवाही गर्ने प्रसासनले जनाएको छ ।

मंङ्गलबार राती १२ बजे देखी जिल्लाको गोरखा र पालुङटार नगरपालिका साथै आरुघाट गाउँपालिकामा निषेधाज्ञा जारी भएको थियो ।
गोरखामा हिजो थप ५६ जनामा संक्रमण देखिए संगै सक्रिय संक्रमितको संख्या २०५ पुगेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सबै भन्दा धेरै भीमसेन थापा गाउँपालिकामा संक्रमित रहेको कार्यालय जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology