बाजुरा २२, बैशाख । बालिकामाथि पेट्रोल छर्किएर आगो लगाएको आरोपमा प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–८ का १६ वर्षीय सुमन गिरी र सोही ठाउँका १६ वर्षीय किशोर शिखर थापा रहेको प्रहरीले जनाएको छ । गएको सोमबार २ जना बालिका माथि पेट्रोल छर्किएर आगो लगाएको आरोप उनिहरुमा लागेको छ ।
मालागाउँमा देउडा हेरेर बसेका दुई बालिकामाथि पक्राउ परेका गिरीले मिनिटरल वाटरको १ बोतल पेट्रोल छर्किएको र थापाले आगो लगाएको प्रहरीले जनाएको छ। घटनापछि उनिहरु फरार रहेका थिए । पक्राउ परेका दुवै जनालाई तेजाब प्रयोग गरी अंगभंग गर्न नहुने कसूरमा ५ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको बाजुरा प्रहरीले जनाएको छ।