गोरखा २१, बैशाख । गोरखामा मंगलबार ११ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको पालुङटार नगरपालिकाका १० जना र सिरानचोक गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाका कोभिड फोकल पर्सन नारायण अर्यालले जानकारी दिनुभयो ।
संक्रमितहरुमा पालुङटार नगरपालिका वडा नम्बर २ आँपपिपलका ३० बर्ष १३ बर्ष, २५ बर्ष महिला र २० बर्षका एक पुरुष सहित ६ बर्ष र ९ बर्षका बालकमा संक्रमणको पुष्टी भएको हो । त्यस्तै पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङमा ५८ बर्षका एक पुरुष ५६ बर्षकी एक महिलामा संक्रमण देखिएको छ ।
त्यस्तै पालुङटार नगरपालिका वडा नम्बर ५ मा २२ बर्ष र ५७ बर्षकी दुई महिलामा पनि संक्रमण पुष्टी भएको उहाँले बताउनुभयो । अर्यालका अनुसार सिरानचोक गाउँपालिका वडा नम्बर ३ हर्मीका ४३ बर्षकी एक महिलामा पनि संक्रमण पुष्टी भएको छ । संक्रमित सवैको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा कोरोना पुष्टी भएको हो ।