Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखाको भीमसेन थापा गाउँपालिकामा सहित २१ जनामा कोरोना संक्रमण


1.5K
Shares

गोरखाको भीमसेन थापा गाउँपालिकामा सहित २१ जनामा कोरोना संक्रमण

गोरखा २०, बैशाख । गोरखाको ४ पालिकामा सोमबार थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको आरुघाट, भीसेन थापा, शहिदलखन गाउँपालिका र पालुङटार नगरपालिकामा गरी सोमबार २१ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।

निर्देशनालयले सोमबार जारी गरेको सूचना अनुसार आरुघाट गाउँपालिका ८ मा ३ जना महिला र २ जना पुरुष गरी ५ जनामा संक्रमण देखिएको छ । त्यस्तै गरी भीमसेन थापा गाउँपालिका ८ मा १ जना पुरुष र पालुङटार नगरपालिका ५ मा १ जनामा महिलामा पनि संक्रमण पुष्टी भएको छ । आज संक्रमण देखिएका मध्ये सबै भन्दा बढी शहिदलखन गाउँपालिकामा देखिएको छ ।

शहिद लखन गाउँपालिकाको ३ वटा वडामा १४ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । शहिद लखन गाउँपालिका ६, ८ र ९ मा गरी १४ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएका मध्ये ७ जना पुरुष र ७ जना महिलामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology