Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा बिहिबार ३ जना कोरोना संक्रमित थपिए


2.4K
Shares

गोरखामा बिहिबार ३ जना कोरोना संक्रमित थपिए

गोरखा १७, बैशाख । नोबल कोरोना भाइरस ९कोभिड–१९०बाट गोरखामा थप ३ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेहरुमा गोरखा नगरपालिका ६ का ४५ बर्षका पुरुष, पालुङटार नगरपालिका र भीमसेन थापा गाउँपालिकाका १-१ जना पुरुष र महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

गोरखा नगरपालिकाका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा संक्रमण पुष्टी भएको हो । पालुङटारका पुरुषमा चितवन मेडिकल कलेजमा उपचारको क्रममा संक्रमण देखिएको हो । उनी अहिले होम आइसोलेशनमा रहेको पालुङटार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै गरी भीमसेन थापा गाउँपालिकाकी २९ बर्षिया महिलालाई राजधानीमा उपचारको क्रममा संक्रमण पुष्टी भएको हो । ति महिला गाउँपालिका भित्रै रहेको बृद्वाश्रममा काम गर्ने कर्मचारी भएको पुष्टी भएको छ ।

स्वास्थ्य कार्यालय गोरखाले उपलब्ध गराएको पछिल्लो रेकर्ड अनुसार जिल्लामा अहिले सम्म ६१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरु मध्ये गोरखा अस्पतालमा २ जनाको उपचार भई रहेको छ भने ५९ जना होम आइसोलेशनमा रहेका छन् ।

जिल्लाको गोरखा र पालुङटार नगरपालिकाका र भीमसेन थापा गाउँपालिकामा संक्रमितहरु रहेको र अन्यमा पालिकामा संक्रमित नदेखिएको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology