गोरखा १४, बैशाख । गोरखामा आज एकैदिन ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको भीमसेन थापागाउँपालिकामा २५ जना, गोरखा नगरपालिकामा १४ जना र पालुङटार नगरपालिकामा ७ जनामा कोरोना पुष्टी भएको हो । भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ स्थित पाटनदेवी माध्यामिक बिधालयका ३१ जनाको स्वांब परीक्षणका लागि पठाइएकोमा २५ जनामा संक्रमणको पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।
उत्त बिधालयमा गएको बिहिबारदेखि बिधार्थीहरुमा रुघाखोकी र ज्वरोको देखिन थालेपछि गाउँपालिकाले कोरोनाको आंशकामा स्वांब संकलन गरि परीक्षणका लागि पठाएको थियो । बिधालयका ८१ भन्दा बढी बिधार्थीमा लक्षण देखिएको भएपनि नमुनाका रुपमा एकघरको एकजना पर्ने गरि ३१ जनाको मात्र स्वाब लिइएको थियो ।
यता जिल्लाको गोरखा नगरपालिकाको वडा नम्बर ६ स्थित रानीपोखरी क्षेत्रका ८ जनाको स्वांब परीक्षणका लागि पठाइएकोमा सवैमा संक्रमण्को पुष्टी भएको नगरपालिका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयो । नगरपालिकाको वडा नम्बर १४ का २४ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाएको ६ जनामा संक्रमणको पुष्टी भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाको पालुङटार नगरपालिकामा ७ जनामा कोरोना संक्रमणको पुष्टी भएको नगरपालिका उपप्रमुख पम्फा बसेलले जानकारी दिनुभयो । पालुङटारमा वडा नम्बर १० जना ५ जना र वडा नम्बर २ मा २ जनामा संक्रमणको पुष्टी भएको हो ।