गोरखा, १२ बैशाख । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज पालिका भित्र सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले गोरखा भुकम्पबाट ज्यान गुमाउनेहरुको स्मृतिमा भुकम्प स्मृति दिवसको अबसर पारे सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
‘२०७२ साल बैशाख १२ गते आजकै दिन गएको बिनासकारी गोरखा भूकम्पको केन्द्र बिन्दु बारपाक भएको गाउँपालिका भित्र उत्त दिनको सम्झनामा बिदा दिइएको हो, उहाँले भन्नुभयो, भूकम्पलाई भूल्ने भन्दा पनि सम्झेर सधै सचेत र पूर्व तयारीमा सवै सदैब लाग्नुपर्छ ।’
गाउँ कार्यपालिकाको गएको चैत २५ गते बसेको बैठकले भूकम्प स्मृति दिवसको अबसरमा पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष भट्टले बताउनुभयो । बिदाको दिन गाउँपालिका भित्रका सवै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षणसंस्था लगायतका सार्वजनिक संघसंस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।
गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाक हालको बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्छ । करिब १ हजार ४ सय ५० घर एकै ठाउँमा जोडिएर रहेको बारपाक गाउँमा मात्र भूकम्पबाट ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्प स्मृति दिवसको अबसर हरेक बर्ष बारपाकमा बिभिन्न कार्यक्रम गरिदै आएको भएपनि यो बर्ष कोरोना संक्रमणको जोखिमका आयोजना गरिएका कार्यक्रमहरु समेत स्थगित गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।