Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

सांसद अधिकारीद्धारा सहिद लखन गाउँपालिकाको मूख्य प्रशासकिय भवनको शिलन्यास


2.9K
Shares

सांसद अधिकारीद्धारा सहिद लखन गाउँपालिकाको मूख्य प्रशासकिय भवनको शिलन्यास

गोरखा ११, बैशाख । गोरखाको सहिद लखन गाउँपालिकाको मूख्य प्रशासकिय भवनको आज शिलन्यास गरिएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको मुख्य प्रशासकिय भवनको  नेकपा माओबादी केन्द्रका पोलिटव्युरो सदस्य समेत रहनुभएका गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले एक कार्यक्रमका बिच शिलन्यास गर्नुभएको हो ।

गाउँपालिकाले अहिले अस्थायी भवन निर्माण गरि कार्यालय सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले वडा नम्बर ६ को घैरुङमा भवन निर्माण गर्न लागेको हो । भवन शिलन्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगर, उपाध्यक्ष इन्दिरता तिवारी, प्रमुख प्रशासकिय अधिकृत जीवन आलेमगर, नेकपा माओबादी केन्द्र गोरखाका सचिवालय सदस्य अंकुर तिमिल्सेना (आयाम) लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology