Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

काग्रेस नगर सभापतिको कोरोना संक्रमणबाट मृत्यु


3.9K
Shares

काग्रेस नगर सभापतिको कोरोना संक्रमणबाट मृत्यु

ताप्लेजुङ, १० वैशाख,। नेपाली कांग्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङको कोरोना संक्रमणका कारण मृत्‍यु भएको छ । झापाको बिर्तामोड अस्पतालमा उपचारको क्रममा गुरुङको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको शुक्रबार बिहान करिब ९ बजे मृत्यु भएको जनाइएको छ । कोरोना परीक्षण गर्दा ढिलाई हुदा उहाँको मृत्युपछि मात्र संक्रमणको पुष्टी भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

मृतकको शव कहाँ अन्त्येष्टी गर्ने भन्नेमा टुङगो लागेको छैन प्रशासनले झापामै अन्त्येष्टी गर्न सुझाव दिएपनि परिवारले भने ताप्लेजुङमै ल्याएर अन्त्येष्टी गर्ने इच्छा व्यक्त गरेका छन् । तस्विर : सांकेतिक चित्र

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology