Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखाको मनकामना मन्दिरको ढोका बाहिर पुजा सामग्री चढाएर फर्कन थाले भक्तजन


2.6K
Shares

गोरखाको मनकामना मन्दिरको ढोका बाहिर पुजा सामग्री चढाएर फर्कन थाले भक्तजन

गोरखा, ९ बैशाख ।  नेपालको प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको मनकामना मन्दिरमा कोरोनाको जोखिमका कारण पुजा गर्नका लागि रोक लगाएपछि भक्तजनहरु ढोका बाहिर नै पुजा सामग्री चढाएर फर्कन थालेका छन् । कोरोना भाइरसको दोस्रो चरणको लहर तिव्र गतिमा फैलदै गएपछि जिल्ला प्रसासन कार्यालय गोरखाले बैशाख महिनाभरि मन्दिरमा पुजाआजा गर्न रोक लगाएसंगै भक्तजनहरुले मन्दिर बाहिर नै पुजा गरेर फर्कने गरेका स्थानीयबासी नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला स्तरीय कोरोना संक्रमण व्यवस्थापन केन्द्रको बैठकले मंगलबार जिल्ला भित्रका सवै मठमन्दिरमा नित्य पुजा बाहेकका पुजाआजामा रोक लगाउने निर्णय गरेपछि मनकामना मन्दिरमा पनि पुजाआजा रोकिएको थियो । ‘मन्दिरमा पुजाआजा रोकिएपनि भक्तजनहरु आउने क्रम भने रोकिएको छैन,उहाँले भन्नुभयो, मन्दिर बाहिर नै पुजा गर्दै भक्तजनहरु फर्कन थालेका छन् ।’ मन्दिरमा पुजा रोकिएको भएपनि सयौ भक्तजनहरु आउदै फर्कने गरेको मनकामना मन्दिर जिर्णोद्धार समितिका संयोजक समेत रहनु भएका श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिरको बाहिरी ढोका लगाइएको ताला समेतर भक्तजनहरुले आफैले खोलेर मन्दिर भित्र प्रबेश ढोका बन्द रहेको मन्दिरमा पुजा गर्ने सुरु गरेको उहाँले बताउनुभयो । ‘मन्दिरको मूलढोका बन्द गरिएको छ, श्रेष्ठले भन्नुभयो, ‘तर भक्तजनहरु बाहिर नै पुजाका सामाग्री लगेर पुजा गर्छन अनि फर्कन्छन ।’ मन्दिरमा पुजापाठ रोकिएको भएपनि यातायात तथा केवलकार समेत नियमित सञ्चालनमा रहेकाले संयौ भक्तजनहरु मन्दिरमा पुग्ने गरेको उहाँको भनाई छ ।
मन्दिरमा पुग्ने भक्तजनहरुलाई मन्दिर बाहिर नै भएपनि पुजाआजाका लागि स्थानीय क्लबले सहयोग गरिरहेको श्रेष्ठले बताउनुभयो । ‘क्लबका स्वयंसेवकहरुले सामाजिक दुरी कायम गर्ने गरी बाहिरै भएपनि पुजा गर्नका लागि सहयोग गरिरहेका छन् उहाँले भन्नुभयो, स्थानीयबासीहरुले समेत मन्दिरमा सामाजिक दुरी कायम गरि श्रद्धालु भक्तजनहरुलाई पुजा गर्न दिनुपर्ने माग गरेका छन् ।’

जिल्ला स्तरीय कोरोना संक्रमण व्यवस्थापन केन्दको मन्दिरमा पुजा रोक्ने निर्णयको स्थानीयले बिरोध समेत गरेको उहाँले बताउनुभयो । ‘धर्म प्रति नै अनास्था फैलाउने गरी प्रशासनबाट काम भएको छ अनुभूति स्थानीयले गरेका छन्’ श्रेष्ठले भन्नुभयो,परिस्थिती बुझेर मात्र निर्णय गरेको भए उपयुक्त हुन्थ्यो ।’ स्थानीयबासीहरुले भेला गरेर बन्दाबन्दी नहुदासम्म भक्तजनहरुलाई मन्दिर आउनबाट रोक्न नसकिने जानकारी गराउने निर्णय गरेका छन् ।

‘सडक खुल्ला छ, केबलकार खुल्ला छ, भक्तजनहरु सवारी रिर्जब गरेर आउछन्’ थानियबासी दिनेश जोशीले भन्नुभयोे, ‘सरकारको सहयोग बिना हामीले मात्र उहाँहरुलाई रोक्न सक्दैनौ’ । उहाँले मन्दिरमा आएका भक्तजनहरुलाई सामाजिक दुरी कायमगरी मन्दिरको मुल ढोका बाहिर नै भएपनि पुजा गरेर पुजा गराएर फर्काउनु आफुहरुको बाध्यता रहेको बताउनुभयो । मन्दिरमा पुगेका भक्तजनहरु प्रहरीले पुजा गर्न रोक लगाएपछि आज बिहान प्रहरी र भक्तजनहरु बिच बिबाद समेत भएको उहाँको भनाई छ ।

पुजा गर्न पाउनुपर्ने भक्तजनहरुको माग र पुजा गर्न नदिने प्रहरीको अडान पछि केही बेर बिबाद समेत भयो, जोसीले भन्नुभयो, स्थानिय युवाहरुले आएका जति पनि श्रद्वालु भक्तजनलाई ढोकामा पुगेर पुजा गर्न दिईनु पर्ने भने पछि सबैको सहमतीमा श्रद्वालुहरुले ढोकामा नै पुजा गरेर फर्कन थालेका हुन् ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology