Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा साँझ ८ बजेपछि होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न रोक


1.4K
Shares

गोरखामा साँझ ८ बजेपछि होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न रोक

गोरखा, ७ बैशाख । जिल्ला भित्र सञ्चालित होटल तथा रेष्टुरेन्टहरु बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय बैठकले गरेको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस बाहेकका समयमा होम डेलिभरीको व्यवस्था भने गर्न पाउने बैठकले निर्णय गरेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

होटल तथा रेष्टुरेन्टमा काम गर्ने कामदारले अनिबार्य मास्क, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, होटल तथा रेष्टुरेन्टमा अनिबार्य सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, दुई सेवाग्राही बिचको दुरी कम्तीमा २ मिटर कायम हुनुपर्ने, होटल तथा रेष्टुरेन्ट नियमित निसंक्रमित गर्नुपर्ने, मास्क नलगाएका ग्राहकलाई होटल तथा रेष्टुरेन्टमा प्रबेश गर्न निषेध गर्नुपर्ने बैठकको निर्णयमा उल्लेख छ ।

त्यस्तै बिदेशबाट आएका बिदेशी तथा स्वदेशी नागरिकहरुको गेष्ट रजिष्टेसन प्रणाली चुस्त दुरुस्त बनाउनुपर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology