Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा सवारी चढ्दा यात्रुलाई अनिबार्य मास्क लगाउनु पर्ने


2.5K
Shares

गोरखामा सवारी चढ्दा यात्रुलाई अनिबार्य मास्क लगाउनु पर्ने

गोरखा ७, बैशाख गोरखा जिल्ला भित्रने तथा बाहिरीने सवारी साधानका यात्रुहरुले अनिबार्य मास्क लगाउनु पर्ने भएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेललेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला भित्र र जिल्ला बाहिर छुट्ने सवारी साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सवै यात्रुले अनिबार्य मास्क लगाउनु पर्ने, सवारी साधनको ढोकामा र सवारी साधानमा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, सवारी चालक र सहचालकले अनिबार्य रुमा भाइजर लगाउनु पर्ने, दैनिक रुपमा सवारी साधनलाई निसंक्रमित गर्नुपर्ने निर्णय गरेको छ ।

त्यस्तै मास्क नलगाउने यात्रुलाई अधिकत १० रुपैयासम्ममा मास्क उपलब्ध गराउनुपर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने, लामो दुरीमा चल्ने सवारी साधनमा बिच बाटोमा यात्रु नचढाउने गन्तव्यसम्म पुग्ने यात्रुको बिबरण उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology