Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा नगरपालिका स्थित सेन्ट जोसेफ स्कुल थप एक कर्मचारीमा कोरोना पुष्टी


5.2K
Shares

गोरखा नगरपालिका स्थित सेन्ट जोसेफ स्कुल थप एक कर्मचारीमा कोरोना पुष्टी

गोरखा ५, बैशाख ।  गोरखा नगरपालिका भित्र आइतबार थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नगरपालिकाको वडा नम्बर वडा नम्बर ११ स्थित सेन्टजोसेफ स्कुलमा कार्यरत एक कर्मचारीमा संक्रमणको पुष्टी भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख निश्चल अर्यालले जानकारी दिनुभयो ।

शुक्रबार स्कुलका एक कर्मचारी सहित अन्य २ जनामा संक्रमणको पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरि परीक्षणका लागि पठाइएका ५९ बर्षका पुरुषमा संक्रमणको पुष्टी भएको हो । उनको पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा स्वाब परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology