गोरखा ५, बैशाख । गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा अमृत लामिछाने (सुरेन) बिजयी हुनुभएको छ । आज सम्पन्न चौथो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट लामिछाने अध्यक्षमा निर्वाचित हुनुभएको छ । सदरमुकाममा भएको निर्वाचनमा उहाँले ४५ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
लामिछानेका निकटतम प्रतिद्धन्दीले २५ मत मात्र प्राप्त गर्नुभएको थियो । कुल ७२ मत खसेकोमा २ मत बदर भएको थियो । अधिबेशनबाट सुमन श्रेष्ठ उपाध्यक्षमा निर्विरोध निर्बाचित हुनुभएको छ भने महासचिवमा सुमन कार्की, कोषाध्यक्ष देवेन्द्र जंग थापा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा राजु श्रेष्ठ, शंकर नेपाली र नुरप्रसाद भट्ट निर्वाचित हुनुभएको छ ।
नवगठित समितिको कार्यकाल २ बर्षको रहने छ । त्यस्तै संघको ४ वटा इकाईमा समेत पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएको जनाइएको छ । अधिबेशनको गोरखा नगरपालिका गोरखाका मयेर राजनराज पन्तले उद्घाटन गर्नुभएको हो । २०७३ सालमा जिल्लामा स्थापना भएको संघमा अहिले ७७ वटा सवारी साधन रहेका छन् ।