गोरखा ५, बैशाख । नेकपा एमाले निकट नेपाल–खनाल पक्षिय अनेरास्वबियु गोरखाको १४ औं जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । जिल्ला सदरमुकाममा भएको सम्मेलनले सचिन भट्टराईको अध्यक्षतामा ६१ सदस्सीय अनेरास्वबियूको जिल्ला कमिटी गठन गरेको निवर्तमान अध्यक्ष सुजन बानियाँले जानकारी दिनुभयो ।
नवगठित कमिटीको उपाध्यक्षमा असोक गिरी, सचिवमा एलिसा लामिछाने, सहसचिवमा करुणा ढकाल, अस्मिता शाही र कोषाध्यक्षमा शिला मगरलाई चयन गरिएको उहाँको भनाई छ । भेलाबाट २१ सदस्सीय सचिवालय समेत गठन भएको अनेरास्वबियूले जनाएको छ । भेलालाई सम्बोधन गर्नुहुदैअनेरास्वबियूका केन्द्रीय उपाध्यक्ष हिरेन्द्र शाहीले केपी ओलीको प्रतिगमनको यात्राले नेपाली जनताको सम्बृद्धिको यात्रामा ठेस लागेको बताउनुभयो ।
बर्तमान प्रधानमन्त्री ओलीले कार्यशैलीले निम्न बर्गको पक्षमा नभइ दलाल पुँजीबादी बर्गको संरक्षण गर्ने काम भइरहेको भन्दै उहाँले यसले समाजबादको यात्रा नभई सत्यानाश र लोभलालचको बाटोमा अघि बढेको पुष्टी हुदै गएको बताउनुभयो । उपाध्यक्ष शाहीले समाजलाई प्रगतीशिल बाटोमा लैजानु युवा बिधार्थीहरुको दायित्व भएको उल्लेख गर्नुभयो ।
‘हामी कुरा जस्तै काम र काम जस्तै कुरा गर्ने पक्षमा छौ, उहाँले भन्नुभयो,‘ हामी हाम्रो राजनीतिक, सैदान्तिक बाटो बाट कतिपनि बिचलित नभई अघि बढ्नुुपर्ने अहिलेको आबश्यकता छ ।’ कार्यक्रममा बोल्दै नेकपा एमाले गोरखाका नेपाल खनाल समुहका अध्यक्ष यादव बस्नेतले एमसिसी जसरी पनि पास गर्नुपर्छ भन्ने प्रधानमन्त्री ओलीको ढिपीले उसको नक्कली राष्ट्रबाद नाङिगएको बताउनुभयो ।
देशभक्ति पूर्ण आन्दोलन, साचो अर्थमा राष्ट्रियताको रक्षा, जनजिविकाका सवालमा युवा बिधार्थी बोल्नुपर्छ, उहाँले भन्नुभयो, तबमात्र राष्ट्रीय राजनीतिलाई सहिबाटो हिडाउन सकिन्छ ।’ अध्यक्ष बस्नेतले केपी ओली जनताको बिषयमा इमान्दार नभएको र बिदेशीको स्वार्थमा लुटपुटिएको आरोपमा समेत लगाउनुभयो ।