अमृत बि.क
गोरखा ४ बैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोगले द्धन्दपिडित परिचय पत्र वितरण गर्न शुरु गरेको छ । आयोगमा उजुरी परेका मध्ये गोरखाका दुई जना द्धन्द पिडितलाई परिचय बितरण गदै आयोगका अध्यक्ष गणेशभक्त भट्टले परिचय पत्र बितरण गर्न सुरु गर्नुभएको हो । सत्य निरुपण तथा मेलमिलाप आयोगमा गोरखाबाट १ हजार २५८ जनाको उजुरी परेकामा पहिलो चरणमा २ जनालाई परिचय पत्र बितरण गरिएको अध्यक्ष भट्टले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । ‘यो सुरुवात मात्र हो, उहाँले भन्नुभयो, गोरखा जिल्लाबाट नै परिचय बितरण सुरु गरौं भनेर काम थालिएको हो ।’
अध्यक्ष भट्टले आयोगमा परेका कुल ६३ हजार ७ सय १८ उजुरी मध्ये प्रारम्भिक अनुसन्धान भएर आइसकेका ३ हजार ७८७ उजुरीलाई आउदो असारसम्ममा कुनै न कुनै रुपमा सम्बोधन गर्ने बताउनुभयो । ‘आयोगमा परेको उजुरी र उजुरीमा परेका प्रमाणहरु पुगेका छन् भने त्यसैको आधारमा अध्ययन गरेर परिचय पत्र दिने हो, उहाँले भन्नुभयो, संक्रमणकालिन न्यायलाई सहिबाट अघि बढाउन आयोगले काम गरिरहेको छ ।’ ‘तामेलीमा लैजानु पर्नेलाई तामेलीमा छुट्याईदिने, परिपूर्ण र क्षतिपूर्तीको आधारमा सम्बोधन गर्नुपर्नेलाई परिपूर्ण, क्षतिपूर्ती र परिचय पत्र दिएर टुङग्याइदिने तयारी भइरहेको छ, उहाँले भन्नुभयो, ‘बिस्तृत अनुसन्धानमा लैजान पर्नेलाई पनि छुट्याइदियौ भने प्रारम्भिक अनुसन्धानमा परेका सवै उजुरीको सम्बोधन हुन्छ ।’
अध्यक्ष भट्टले परिपूर्ण र क्षतिपूर्तीका लागि आयोगले सरकारलाई सिफारिस गरिसकेको जानकारी दिनुभयो । उहाँले कानुन संसोधन नहुदा आयोगलाई कतिपय काम गर्न समस्या भइरहेको बताउनुभयो । ‘सर्वोच्च अदालतको केही महत्वपूर्ण फैसलाले ऐनको दफालाई खारेज गरिदिएको छ, उहाँले भन्नुभयो, त्यसका आधारमा ऐन संसोधन हुनु जरुरी छ आयोगले ऐन नियम तथा सर्वोच्च अदालतको आदेश फैसलाको अधिन रहेर काम गर्ने हो ।’ लामो समयसम्म द्धन्द पिडितलाई न्याय दिलाउने सवालमा राज्य गम्भीर बन्न नसकेको पनि उहाँको भनाई छ । ‘राज्य जति संबेदनशिल बन्नुपर्ने थियो हुन सकेन, उहाँले भन्नुभयो, अब पिडितलाई कुनैपनि हालतमा सम्बोधन गर्नुपछ र पिडितलाई उन्मुक्ती दिनुहुदैन भन्ने पक्षमा आयोग अघि बढिसकेको छ ।’
राज्यले ऐन तथा नियमावली बनाईसकेको र सर्वोच्च अदालतले द्धन्दका बेला भएका जधन्य अपराधका सन्र्दभमा महत्वपूर्ण फैसला गरिसकेकाले अब आयोग पछाडी फर्कन अबस्था नहरेको उहाँले बताउनुभयो । उहाँले अहिलेकै आयोगको संरचनाबाट द्धन्द्धपिडितको सम्बोधन गर्न बर्षौ लाग्ने बताउनुभयो । कतिपय अबस्थामा बास्तबिक द्धन्दपिडितहरुको प्रमाण नपुग्ने र टाठाबाठाहरुले पर्याप्त प्रमाण पेश गर्ने गरेको अबस्था पाइएको भन्दै अध्यक्ष भट्टले गलत व्यक्तिलाई परिचय पत्र नजाओस भन्ने आयोग सचेत रहेको बताउनुभयो ।