Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गण्डकी प्रदेशमा पदाधिकारीमा निर्वाचित गोरखा दुई पत्रकार श्रेष्ठ र न्यौपाने सम्मानित


2.7K
Shares

गण्डकी प्रदेशमा पदाधिकारीमा निर्वाचित गोरखा दुई पत्रकार श्रेष्ठ र न्यौपाने सम्मानित

गोरखा, १ बैशाख । गोरखाका दुई पत्रकारलाई नेपाल पत्रकार महासंघ गोरखा शाखाले सम्मान गरेको छ । भर्खरै सम्पन्न निर्वाचनमा गण्डकी प्रदेश जिल्ला समितिमा समावेशी सचिवमा निर्वाचित सुशिलबाबु श्रेष्ठ (कैलाश) र कोषाध्यक्षमा निर्वाचित पत्रकार राजेन्द्र न्यौपानेलाई सम्मानित गरिएको हो ।

शाखाले बुधबार जिल्ला सदरमुकाममा शुभ कामना तथा सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरेको महासंघले जनाएको छ । श्रेष्ठ र न्यौपानेले हालै सम्पन्न निर्वाचनमा प्रदेश स्तरमा सचिव र कोषाध्यक्ष पदमा जित्न सफल भएको भन्दै महासंघले दोसल्ला ओडाएर सम्मान गरेको हो । श्रेष्ठ शाखाका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

सो अबसरमा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायणप्रसाद शर्मा र विशेष अतिथी जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले दुवैलाई दोसल्लाह र मायाँको चिनो प्रदान गर्नुभएको थियो ।

श्रेष्ठ गोरखा सदरमुकामबाट प्रकाशित हुने गोरखा समाचार दैनिक पत्रिका, गोरखा समाचार डट कमका सञ्चालक हुन भने एभिन्यूज टेलिभिजनका जिल्ला संवाददाता हुनुुहुन्छ । त्यस्तै गरी न्यौपाने मनास्लु डट कमका सञ्चालक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology