Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा बिधालयकी ४ जना छात्रा माथि यौनजन्य क्रियाकलाप गर्ने शिक्षक पक्राउ


5K
Shares

गोरखामा बिधालयकी ४ जना छात्रा माथि यौनजन्य क्रियाकलाप गर्ने शिक्षक पक्राउ

गोरखा ३१, चैत ।  गोरखाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरे स्थित श्री जनकल्याण मा.विमा अध्ययनरत ४ जना बालिकालाई यौनदुव्र्यहार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । बिधालयमा निजी श्रोतमा गणित र विज्ञान बिषय पढाउदै आएका शिक्षक जलेन्द्र चौधरीलाई बालिकाहरु माथि यौनदुव्र्यहारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

रौतहटको चन्द्रपुर नगरपालिका–८ घर भएका २६ बर्षका चौधरीले विद्यालयमा अध्ययनरत चौध बर्षका ३ बालिका र १३ बर्षकी एक बालिकालाई यौन दुव्र्यहार गरेको जाहेरीको आधारमा पक्राउ गरिएको डिएसपी दाहालले बताउनुभयो । पक्राउ परेका चौधरीले विभिन्न बहाना बनाई निज पिडित नाबालिकाहरुको संवेदनशिल अंगहरु समाउने, छुने, सुमसुमाउने गरी अस्वभाविक यौनजन्य क्रियाकलापहरु गरी बालयौन दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उहाँको भनाई छ ।

‘चौधरीले पटक–पटक निज नाबालिका विद्यार्थीहरुलाई बिभिन्न किसिमका डर–त्रास देखाई अस्वाभाविक यौनजन्य क्रियाकलापहरु गर्ने गरेको पाइएको छ, उहाँले भन्नुभयो,‘ अभिभावक तथा विद्यालय व्यवस्थापनलाई उल्लेखित क्रियाकलापहरुको बारेमा कही कतै रिपोर्ट नगर्नु भनि डर–त्रास देखाई निरन्तर यौन जन्य कार्य गर्दै आएको समेत पिडितहरुबाट खुल्न आएको छ ।’ पक्राउ परेका उनलाई जिल्ला अदालत गोरखाबाट आज म्याद गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology