Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा बिहानै ट्याक्टरबाट खसेर स्कुले बालकको ज्यान गयो


6K
Shares

गोरखामा बिहानै ट्याक्टरबाट खसेर स्कुले बालकको ज्यान गयो

संगम तिवारी

गोरखा ३१, चैत । गोरखाको शहीद लखन गाउँपालिका वडा नं ९ नाम्जुङको छेलाङे चोक नजिक विहानी कक्षा पढेर घर फर्केका स्कुल बालकको ट्याक्टरबाट खसेर ज्यान गएको छ । श्री सरस्वती आधारभूत विद्यालय नामजुङ कक्षा ७ मा अध्ययनरत १३ वर्षिय विवस ढकालको घैरुङ तिरबाट नाम्जुङतर्फ आईरहेको ग १ त ४५८२ नम्बरको ट्याक्टरमा विद्यालयबाट घर फर्कदा करिव एक सय मिटरको दुरीमा घटना घटेको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिनुभयो ।

विहानी कोचिङ कक्षा पढेर घर फर्कदा टयाक्टर आएपछि अगाडि चढेका रहेछन्, गिएर परिवर्तन गर्ने क्रममा पछाडितिरको ढालामा टाउको ठोकिएर ज्यान गएको हुन सक्ने स्थानीयबासी रमेश लामिछानेले जानकारी दिनुभयो । घटनाको छानविन गर्न प्रहरी कार्यालय बँुकोटबाट प्रहरी आएर टयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय बुङकोट जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology