गोरखा ३०, चैत । गोरखा सेवा समाज नेपालले विभिन्न सामुदायिक सेवाकेन्द्र गोरखा सहित बिभिन्न संघसंस्थालाई आइतबार कम्युटर लगायत आर्थिक सहयोग प्रदान गरेको छ । समाजले गोरखा सदरमुकाममा आज एक कार्यक्रमको आयोजना गरि सामुदाकि सेवा केन्द्र गोरखा, द ओसन क्लब र समाजका कतार च्याप्टरका बिपतमा परेका एक व्यक्तिलाई सहयोग प्रदान गरेको हो ।
समाजका अध्यक्ष कैलाशबाबु श्रेष्ठले सामुदायिक सेवा केन्द्र गोरखालाई १ थान कम्प्यूटर, गोरखा सदरमुकाम स्थित द ओसन क्लबलाई निर्माणाधिन फुटसल मैदान निर्माणका लागि नगद रु २५ हजार प्रदान उपलब्ध गराउनु भएको हो । यसैगरि उहाँले गोरखा सेवा समाज कतार च्याप्टरका बिपतमा परेका सदस्य गण्डकी गाउँपालिका ढावे घर भएका नारायणप्रसाद पन्त नगद रु २५ हजार आर्थिक सहयोग उपलब्ध गराउनुभयो ।
पन्तले राजधानीमा सञ्चालन गर्दै आएको ब्यवसायमा आगलागीबाट पूर्ण क्षति हुनुका साथै बिरामी भएकाले उपचारमा समस्या भएपछि समाजले सहयोग प्रदान गरेकोे गोरखा सेवा समाजका सचिव गणेश बानियाँले बताउनुभयो । समाजले स्थापना कालदेखि नै जिल्ला भित्र स्वास्थ्य र शिक्षा लगायत समाजिका सेवाको क्षेत्रमा काम गर्दै आइरहेको छ । गोरखा सेवा समाजले २०७८ सालमा जिल्ला भित्र रहेको केही स्कुलहरुमा ५० हजारका दरले अक्षयकोष स्थापना गर्ने तयारी जनाएको छ ।
समाजलाई गोरखा सेवा समाज कतारले प्रदान गरेको २५ लाखबाट प्राप्त ब्याजले जिल्ला भित्र सामाजिक काम गर्दै आएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका गोरखा शाखाका उपाध्यक्ष नरेन्द्र ढकाल, सह सचिव गुणराज रोक्का, सामुदायिक सेवा केन्द्र गोरखाका उपाध्यक्ष रामहरी केसी, कोषाध्यक्ष काजीराम श्रेष्ठ, समाजका उपाध्यक्ष ईमान जंङ बानियाँ, सचिव गणेश बानियाँ र कोषाध्यक्ष काजीराम बानियाँ लगायतका सहभागिता रहेको थियो ।