मोरङ २९, चैत । छोराहरुले कुटेर बाबुको हत्या गरेका छन् । मोरङको विराटनगर महानगरपालिका ८ स्वागतम चोकमा गएराति छोराहरुले घरायसी विवादमा कुटपिट गरि बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।
५२ वर्षीय विको सहनीमाथि घरासयी बिबाद हुदा छोराहरुले कुटपिट गरेका थिए । मदिरा पसल सञ्चालन गर्दै आएको सहनीलाई विवादकै क्रममा उहाँको एक छोराले घाँटी समातेर घरको पिलरमा ठोकाई दिँदा तत्काल लडेर मृत्यु हो ।
झगडा छुटाउन गएका छिमेकी राजन आमात्यलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो।