गोरखा २१, चैत । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-२ राङरुङमा आज साझ करिब ७ बजे जिप दुर्घटना भएको छ ।
दुर्घटनामा परि २जनाको मृत्यु भएको प्रत्यक्षदर्सीले बताएका छन । उनिहरुको सनाखत हुन भने सकेको छैन ।
बारपाकबाट बालुवा तर्फ जादै गरेको ना ५ च ३२९८ नम्बरको बलेको जिप सडकबाट करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।
लाम्जुङ बिचौरबाट घुम्न पुगेको उनिहरु घुमेर फर्किदै गर्दा जिप दुर्घटना परेको हो ।