गोरखा २१, चैत । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको २६ औं महाधिबेशनमा गण्डकी प्रदेश समितिको पदाधिकारीमा २ जनाले उमेद्वारी दिएका छन् भने महासंघको केन्द्रिय सदस्यमा १ जनाको उमेद्वारी परेको छ ।। महासंघ प्रदेश गण्डकी प्रदेश सचिवमा गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलास) र कोषाध्यक्षमा राजेन्द्र न्यौपानेले उमेद्वारी दिनुभएको हो ।
उहाँहरु दुवै जना अहिले गण्डकी प्रदेश समितिको सदस्य हुनुहुन्छ । श्रेष्ठ र न्यौपाने एउटै प्यानलबाट चुनावी मैदानमा उत्रनु भएको छ । प्रेस युनियन नारायण शर्मा पौडेलको नेतृत्वमा गण्डकी प्रदेशमा प्रेस सेन्टर, प्रेस चौतारी (नेपाल खनाल पक्ष) प्रगतिशिल पत्रकार, क्रान्तिकारी पत्रकार संगठन संयुक्त प्यानलको घोषणा गरि चुनावी मैदानमा छ ।
सचिवका उमेद्वार श्रेष्ठ नेपाल प्रेस युनियन र कोषाध्यक्ष पदका उमेद्वार न्यौपाने प्रेस सेन्टर नेपालका तर्फबाट उमेद्वार बनेका हुन । करिब १ हजार १७ मतदाता रहेको गण्डकी प्रदेशमा प्रेस चौतारी (ओली पक्ष) बाहेकको संयुक्त चुनावी प्यानल बनेको हो । गण्डकी प्रदेशमा संयुक्त प्यानल तर्फ करिब ७ सय ८६ मतदाता रहेका झन भने प्रेस चैतारी ओली पक्षमा करिब २३१ मतदाता रहेका छन् ।
त्यस्तै महासंघको केन्द्रीय सदस्यमा गोरखाबाट पत्रकार भीमलाल श्रेष्ठको उमेद्वारी परेको छ । श्रेष्ठ प्रेस युनियन (ओली समुह) को प्यानलबाट गण्डकी प्रदेश क्षेत्रबाट महासंघको केन्द्रीय सदस्यमा चुनावी मैदानमा उत्रुन भएको हो । फोटो स्रोत :फेसबुक