Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा उद्योग बाणिज्य संघको १६ औं अधिबेशन स्थगित


7.7K
Shares

गोरखा उद्योग बाणिज्य संघको १६ औं अधिबेशन स्थगित

गोरखा १६, चैत । गोरखा उद्योग बाणिज्य संघको यही चैत २२ र २३ गते हुने भनिएको ४६ औं बािर्षक साधारण सभा तथा १६ औं अधिबेशन स्थगित भएको छ । कोरोना भाइरस कोभिड १९ को दोस्रो चरणको संक्रमणको जोखिम उच्च भएकाले तत्कालका लागि अधिबेशन स्थगित गरिएको संघ अध्यक्ष जीवनज्वोती श्रेष्ठले जानकारी दिनुभयो ।

‘अधिबेशनको हामीले सवै तयारी लगभग अन्तिम चरणमा पुगिसकेका थियौ, उहाँले भन्नुभयो, संक्रमणको जोखिम बढेपछि जिल्ला प्रसासन कार्यालयबाट तत्कालका लागि स्थगन गर्नु भन्ने निर्देशन आएकाले स्थगित गर्नुपरेको हो ।’ अध्यक्ष श्रेष्ठले संक्रमणको जोखिम कम हुने अबस्था आए तत्काल नै कार्यसमितिको बैठक बसेर अधिबेसन तथा साधारण सभाको नयाँ मिति घोषणा गर्न सकिने बताउनुभयो । साधारणसभामा धेरै प्रतिनिधिहरुको जमघट हुने भएकाले पनि स्थगन गर्नुपरेको उहाँको भनाई छ ।

‘संक्रमण कम हुने अबस्था आए तत्काल नै अधिबेशन गर्न कुनै समस्या छैन, अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘संक्रमण झनै बढ्ने अबस्था आए केही समय लम्बिन पनि सक्छ ।’

कोरोना संक्रमण रोकथामका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको चैत १० गतेको बैठकले संक्रमण जोखिम बढेको भन्दै सभा सम्मेलन बैठक तथा भेला नगर्न निर्देशन दिएसंगै संघले तत्कालका लागि अधिबेशन स्थगन गरेको हो । अधिबेशनका क्रममा जिल्ला भरका ११ सय ५० जना प्रतिनिधीहरुको सहभागिता रहने संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology