Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा डढेलो निभाउन गएका एक व्यक्तिको जलेर मृत्यु


3.4K
Shares

गोरखामा डढेलो निभाउन गएका एक व्यक्तिको जलेर मृत्यु

गोरखा, १२ चैत । गोरखाको आरुघाट गाउँपालिका–७ स्थित सातदोबाटो सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक बृद्धको जलेर मृत्यु भएको छ । सामुदायिक वनको सल्लाघारी जंगलमा लागेको आगो निभाउने क्रममा गएराती स्थानीयबासी ७२ बर्षका मोहन फेवाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

दिउँसोदेखि नै सल्किएको डढेलोले जंगल छेउमा रहेको बिद्युतको फ्युज बक्समा आगलागी भएर वरीपरी आगो लागेपछि अन्य राती स्थानीयबासी संगै आगो निभाउन जानु भएका मगरको आगोले जलेर मृत्यु भएको डिएसपी दाहालले बताउनुभयो । अन्दाजी १३/१४ बर्षका अन्य ४/५ जना स्थानीय बालबालिकाहरु सगै मृतक मगर राती डढेलो निभाउन जानु भएको थियो ।

आगो निभाउन संगै गएका बालबालिका फर्किसक्दा समेत मगर नफर्किएपछि खोजतलास गर्दा आगोले डढेको अबस्थामा उहाँकोे शव भेटिएको प्रहरीको भनाई छ । मृतक मगर डढेलो लागेको ठाउँ नजिकै आफ्नो परालको कुन्नियो रहेका कारण पराल जोगाउनका लागि डढेलो निभाउन जानु भएको स्थानीयको भनाई छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक सन्तबहादुर लामाको नेतृत्वमा गएको प्रहरीको टोलीले घटनास्थल लास जाँच मुचुल्का तयारी पारी शव पोष्टमार्टमका लागि आरुघाट प्राथामिक स्वास्थ्य केन्द्र पठाइएको उहाँले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology