गोरखा ९, चैत । गोरखा टेलरिङ्ग व्यवसायी संघले गोरखा नगरपालिका वडा नम्बर ८ मा स्थित श्री सरस्वती माध्यामिक बिधालयमा अध्ययनरत अपांगता भएका बिधार्थीहरुलाई निशुल्क बिधालय पोशाक प्रदान गरेको छ । संघले स्थापना दिवसको सन्र्दभमा असाहाय, अनाथ र अपांगता भएका बालिकाहरुलाई बिधालय पोशाक प्रदान गर्ने निर्णय गरे अनुसार आज सरस्वती माविमा अध्ययनरत दृष्टि बिहिन बिधार्थीहरुलाई बिधालय पोशाक प्रदान गरेको जनाएको छ ।
संघका पदाधिकारी तथा संल्लाहकार समितिको टोली बिधालयमा पुगेर बिधालय पोशाक बितरण गरेको बिधालयका श्रोत शिक्षक श्यामभक्त कट्टेलले जानकारी दिनुभयो । संघले बिधालयमा अध्ययनरत ११ जना दृष्टिबिहिन बालबालिकाहरुलाई बिधालय पोशाक प्रदान गरेको उहाँले जानकारी दिनुभयो । ‘ दुई जना छात्रलाई सट पाइन्ट र ८ जना बालिकाहरुलाई सट र फ्रक संघले नाप अनुसार सिलाइएर नै निुशल्क उपलब्ध गराएको छ, श्रोत शिक्षक कट्टेलले भन्नुभयो, दृष्टि बिहिन बालबालिकाहरुलाई उहाँहरुले गर्नुभएको सहयोगले बिधालय परिवार खुशी भएका छौ ।’
गएको कात्तिक महिनामा नै बिधालयका दृष्टि बिहिन बालबालिकाहरुलाई बिधालय पोशाक बितरण गर्ने तयारी भएको रहेपनि कोरोना संक्रमणको जोखिमका ढिलोगरि कारण आज मात्र बिधालय पोशाक बितरण गरेको संघले जनाएको छ । गत बर्ष मात्र गोरखामा गठन भएको संघले सामाजिक सेवाको क्षेत्र क्रियाशिल रहदै संस्थालाई संक्रिय गराउने उद्देस्यका पहिलो स्थापना दिवसमा अपांगत भएका, बिपन्न तथा असाहाय बालबालिकाहरुलाई सहयोग गरेको संस्थाले जनाएको छ ।
पोशाक बितरण कार्यक्रममा बिधालयका पूर्व निमित्त प्रधानध्यापक मेघनाथ लामिछाने, शिक्षक धु्रवबाबु श्रेष्ठ, संघका जिल्ला सचिव दिपक दर्नाल, कोषाध्यक्ष बिकास परियार, सल्लाहकार बालकृष्ण परियार लगायतको सहभागिता रहेको थियो । संघले यसअघि गोरखा नगरपालिका–६ छहरे स्थित बालमन्दिर माध्यामिक बिधालयका अध्ययनरत २५ जना बिधार्थीहरुलाई निशुल्क पोशाक बितरण गरेको थियो ।
संघमा गोरखा जिल्ला सदरमुकाम क्षेत्रका ५२ जना टेलरिङ्ग व्यवसायी संलग्न रहदै आएका छन् । त्यस्तै संघको पालुङटार इकाइमा समेत १७ जना टेलरिङ्ग व्यवसायीहरु मिलेर इकाई गठन भई संघमा क्रियाशिल रहेको उहाँले जानकारी दिनुभयो ।