Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

आफ्नो पक्षको बैठकमा आएका बामदेवलाई ओलीले यसो भनेपछि


3.4K
Shares

आफ्नो पक्षको बैठकमा आएका बामदेवलाई ओलीले यसो भनेपछि

काठमाण्डौ ७, चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता बामदेव गौतमलाई कसले एकता नचाहेको भनेर बल्ल गौतमले बुझेको टिप्पणी गर्नुभएको छ । आज आयोजित संसदिय दलको बैठकमा उहाँले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठकमा सहभागी वामदेव गौतमलाई पार्टी एक ढिक्का बनाएर अघि बढाउन भूमिका खेल्न आग्रह गरेका छन् ।

गौतमले नेकपादेखि एमालेसम्म पार्टी एकताकै लागि भूमिका खेलेको स्मरण गर्दै ओलीले उहाँसम्म आइपुग्दा सबैले एकता कसले नचाहेको हो भन्ने स्पष्ट भएको बताए । यो कुरा वामदेव गौतमले राम्ररी बुझेको जिकिर गर्दै ओलीले भने, ‘नेकपा देखि एमालेसम्म तपाईं एकता एकता भन्दै हिँड्नु भएको छ।

एकता कसले नचाहेको छ बुझ्नु भयो होला नि १ अब पनि यसै भन्नु हुन्छ कि छाड्नु हुन्छ रु अब एकता एकता भनेर पछि नलागे हुन्छ उहाँहरु खनाल–नेपाल समूह एमालेमा बस्न चाहनु नै भएको छैन । पार्टी कसरी एक बनाएर अघि बढ्न सकिन्छ त्यसतर्फ लागौं ।’

बैठकका सहभागी एक सांसदका अनुसार ओलीले खनाल–नेपाल समूहको चाहना एमालेमा बस्ने नभएको बरु पार्टी कब्जा गरेर प्रचण्डलाई बुझाउने भएको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही अघि बुटवलमा आयोजित एक कार्यक्रम सार्वजनिक रुपमै माधव नेपाल समूहको योजनाबारे खुलासा गरिसकेको उनको भनाइ थियो ।

उनले खनाल–नेपाल समूहले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाको पनि चर्को आलोचना गरे । ‘भेलाका अगुवाकर्ताहरुलाई कारबाही गरेर जानुको विकल्प छैन । त्यसका लागि विधि र पद्धति बनाइन्छ’, ओलीले भने, ‘भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौं । ढुक्क हुनुस्, पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ । आफ्नै गतिविधिले उहाँहरु कारबाहीका भागिदार हुनुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology