Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

मानवसेवा आश्रम गोरखाले मनायो आफ्नो चौथो स्थापना दिवस


4.7K
Shares

मानवसेवा आश्रम गोरखाले मनायो आफ्नो चौथो स्थापना दिवस

गोरखा ५, चैत । मानव सेवा आश्रम गोरखाले स्थापना बिहिबार आफ्नो चौथो स्थापना दिवस मनाएको छ । ०७३ साल चैत्र ५ गते स्थापना भएको आश्रमको आज एक कार्यक्रम बिच स्थापना दिवस मनाएको हो । दिवसको अबसरमा आश्रममा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङले दिप प्रज्वलन गर्नुभयो ।

उहाँले मानवसेवा आश्रमले बेहारा, अभिभावक बिहिन सडक बालबालिकाहरुको उद्धार र संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आश्रमलाई आगामी दिनमा आफ्नो तर्फबाट पनि गच्छे अनुसारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गोरखा नगरपालिका मेयर राजनराज पन्त, सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, रिपु मर्दन गणका प्रमुख बिजय बस्नेत, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक शेखर खनाल, गोरखा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति भगवानबावु मास्के र अभिभावकका तर्फबाट विद्यादेवी मास्केले कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

आश्रमका संयोजक शित्तलकाजी मास्केको अध्यक्षतामा भएको कार्यक्रममा आश्रमकी सञ्चालिका मुना लामाले आर्थिक बर्ष ०७६/०७७ को खर्च तथा आम्दानीको हिसाब सार्वजनिक गर्नुभएको थियो । मानव सेवा आश्रम गोरखा ०७३ साल चैत्र ५ गते स्थापना भएको थियो । आश्रमले नेपालमा नै पहिलो पटक गोरखा नगरपालिकालाई सडक मानव रहित नगरपालिका घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology