बर्दिया ३, चैत । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ७ मोहनपुरकी एक महिलाको बाघको आक्रमणबाट मंगलबार दिउँसो मृत्यु भएको छ । स्थानीयबासी ६२ वर्षीया दल्ली रावतमाथि बाघले आक्रमण मृत्यु भएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।
दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जमा अन्य तीन जना महिला घाँस दाउरा लिन सहित जानुभएकी रावतलाई बाघले आक्रमण गरेको थियो । घटनाको जानकारी पाए लगत्तै खोजीमा निस्किएको नेपाली सेना र ईलाका प्रहरी कार्यालय बग्नाहा बर्दियाबाट टोलीले करिब पौने ५ बजे रावतलाई मृतावस्थामा पारिएको प्रहरीको भनाई छ ।