गोरखा २ चैत । गोरखा जिल्लामा गएको एक महिनामा सवारी नियम उल्लंघन गर्ने ८५० वटा सवारी साधन कारवाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जिल्लाको विभिन्न स्थानमा सवारी नियम उल्घंनगर्ने ८५० वटा ठुला तथा साना सवारी साधन गरेको हो। पछिल्लो एक महिनाको अबधीमा नियम उल्लंघन गर्ने सवारी साधानलाई कारवाही गर्दा ५ लाख ९६ हजार राजश्व समेत संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कोरोना संक्रमणको जोखिम बिस्तारै कम हुदै गएसंगै ट्राफिक प्रहरीले जिल्ला भित्र सवारी चेकजाँचलाई तिव्रता दिन सुरु गरेको छ । कार्यालयका अनुसार फागुन महिनामा जिल्ला भित्र १४८ वटा ट्रक कारवाहीमा परेको छन् जसबाट जसबाट १ लाख ४ हजार राजश्व संकलन भएको छ । त्यस्तै गरि १५५ वटा ट्रयाक्टर कारवाहीमा पर्दा १ लाख ७ हजार, १५७ वटा कार, जिप र भ्यान कारवाहीमा पर्दा १ लाख ८ हजार रुपैयाँ, १६६ वटा बस कारवाहीमा गर्दा १ लाख १२ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
सवारी नियम उल्लंघन गर्नेमा दुई पाग्रें सवारी साधन बढी रहेको पाइएको छ । जस अन्र्तगत मोटरसाईकल र स्कुटर गरि एक महिनाको अबधीमा २२४ वटा कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । त्यसबापत रु १ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ । जिल्लामा फागुन माहिनमा २ वटा ठुला सवारी दुर्घटना भएको थियो । दुर्घटनामा छाब्दी मन्दिर गएर फर्किएका शहिद लखन गाँउपालिका ३ का १ जना पुरुषको मृत्यु भएको थियो ।
फागुनमा मनकामनाको जीवन पाखा र गोरखा नगरपालिकाको १२ किलो बजार क्षेत्रमा दुर्घटना भएको थियो । दुर्घटनामा १६ जना घाईते भएका थिए । यसै बिच फागुन महिना भित्र कार्यालयले १६ पटक विभिन्न स्थानमा गरी ८०० मानिसलाई ट्राफिक सम्वन्धी सचेतना कार्यक्रम प्रदान गरिएको ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।