Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा ९० वर्षिय वृद्धले पनि लगाए कोरोना बिरुद्धको खोप


2.7K
Shares

गोरखामा ९० वर्षिय वृद्धले पनि लगाए कोरोना बिरुद्धको खोप

गोरखा २४, फागनु । गोरखामा ९० बर्षिया एक बृद्धाले पनि कोरोना बिरुद्धको खोप लगाएका छन् । जिल्लाको गोरखा नगरपालिकाका ९० वर्षका आइते कुमालले तारानगर स्वास्थ्य चौकिबाट कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य चौकिका कर्मचारिहरुले घर घर पुगेर खोप लगाउने वृद्धहरुको नाम सङ्कलन गरेका थिए ।

कामको हतार छ खोप लगाइदिनुस भन्दै आएका कुमाल खोप लगाएसँगै घाँस काट्नका लागि दरौदि फाँट स्थित खेतमा गएका स्थानिय धनमाया कुमालले बताइन। उनले भनिन आइते धेरै बलियो छ, उमेरले बुढो भए पनि उ घरको सबै काम गर्दै आइरहेको छ ।

स्वास्थ्य चौकीमा भएको खोप कार्यक्रममा आज ३६ जना महिला र ३६ जना पुरुष गरी ७२ जनाले खोप लगाएका अ हेव हरिमानसिँ बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology