Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखाको शहिद लखन गाउँपालिकाले बनायो स्थानीय पाठ्यक्रम


3.4K
Shares

गोरखाको शहिद लखन गाउँपालिकाले बनायो स्थानीय पाठ्यक्रम

गोरखा ७, फागुन । गोरखाको शहिद लखन गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयमा अध्यापन गराउने उद्धेश्यका साथ स्थानीय परिवेश अन्तर्गतका विविध विषयहरूलाई समेटेर स्थानीय पाठ्यक्रम तयार पारेको हो । गाउँपालिकाले पहिलो चरणमा कक्षा १, २ र ३ को स्थानीय पाठ्यक्रम तयार पारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले बताउनुभयो ।

गाउँपालिकाले तयार पारेको उक्त पाठ्यक्रम गाउँपालिकाको आठौँ गाउँसभाले स्वीकृत समेत गरिसकेको उहाँले बताउनुभयो । स्थानीय तह सञ्चालन ऐन् २०७४ परिच्छेद ३ को दफा ११ को उपदफा २ ‘ज’ बमोजिम हरेक स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारी लागु गर्न पाउनेछ । सोही बमोजिम गाउँपालिकाले पाठ्यक्रम तयार पारेको प्रमुख प्रशासकीय अधिकृत मगरले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले तयार पारेको पाठ्यक्रममा ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक, सम्पदा तथा क्षेत्रहरुको परिचय, स्थानीय जनजीवन, पेशा व्यवसाय, सामाजिक मूल्य मान्यता र प्रकोप तथा विपद् व्यवस्थापन लगायतका विषय क्षेत्रहरु समावेश गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology