गोरखा, ३ फागुन । गोरखा गण्डकी गाउँपालिका ६ दलभञ्ज्याङ्गकी कृष्मा ग्यामी मगरलाई हेर्दा केहि भएजस्तै लाग्दैन। उमेरले उनी अहिले मात्र २१ महिनाकी भईन्। उमेर सानै भएको कारण उनले आफुलाई के बिरामी भएको छ भन्ने थाहा छैन। हेर्दा उनी स्वस्थ्य देखिए पनि कृष्मालाई क्यान्सर भएको छ।
सुरुवातमा शरिरको पछाडि साईडपट्टिको भागमा सानो मासुको डल्लो देखा परेपनि विस्तारै बढ्दै गयो। त्यहि मासुको डल्लो काठमाण्डौ स्थित अन्तराष्ट्रिय बालमैत्री अस्पतालमा काटेर फाल्दा पत्ता लाग्यो कि कृष्मालाई क्यान्सर भएको रहेछ।
क्यान्सरका कारण अहिलेसम्म उहाँलाई २ पटक किमो चढाईसकेको छ। अझै ४ पटक किमो चढाउन बाँकी नै छ। उहाँलाई हरेक २१ दिनमा किमो चढाउनु पर्ने हुन्छ। तर निम्न वर्गाीय उहाँको परिवारलाई कृष्माको उपचार खर्च धान्नै गाह्रो भैसकेको छ। अहिलेसम्म उहाँको उपचारमा झण्डै २ लाख भन्दा बढि खर्च भईसकेको आमा सबिना ग्यामी मगरले जानकारी दिनुभयो । ‘अझै कति खर्च हुने हो थाहै छैन’ –उहाँले भन्नुभयो ।
कृष्माका बुवा वैदेशिक रोजगारीको क्रममा मलेसियामा छ। तर त्यहाँ सोचेझै कमाई गर्न नसक्दा विदेश जादाकै ऋण तिर्न कठिन भैरहेको बेला छोरीको उपचार खर्च झन् गाह्रो पारेको छ। कोहि मनकारी महानुभावहरुले सहयोग गरे छोरीको उपचार गर्न सकिन्थ्यो कि भन्ने आमा सबिना ग्यामी मगरलाई लागेको छ। यसैले मनकारी महानुभावहरुलाई छोरीको उपचारमा सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ।
सहयोग गर्न इच्छुक महानुभावहरुले निम्नानुसारको खाता र सम्पर्क नं। मा सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ।
खाताको नामः सबिना ग्यामी मगर
खाता नं :M407010006937
बैंकको नामः ग्लोबल आईएमई बैंक लि भरतपुर शाखा
सम्पर्क नं : ९८२७११३१३९