काठमाडौं ४, फागुन । मधेषी युवाहरुपनि अब भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् । सन् २०२०–२१ को भारतीय सेना गोर्खा रेजिमेन्टको भर्ना छनौटमा मधेशी जिल्लाका युवाहरुलाई पनि समावेश गर्ने निर्णय भारतको रक्षा मन्त्रालयले गरेको छ ।
उक्त निर्णय अनुसार विज्ञापन पनि जारी भएको जनाइएको छ । यसअघि भारतीय सेनामा नेपालका पहाडी मुलका युवाहरु मात्र समावेश हुँदै आएका थिए ।
अमेरिकाको न्यूजर्सी राज्यमा रहेको मधेश मानवाधिकार (मधुर)ले भारतीय सेनामा मधेशी युवाहरुलाई पनि समावेश गर्नु पर्ने माग गरेका थिए ।
मधुरका संयोजक डा.चन्दन सिंहका अनुसार दशकौं पुरानो भेदभाव अन्त्य गर्दै मधेशी समुदायलाई समान अवसर प्रदान गर्न भारत सरकारले उठाएको कदम सकारात्मक रहेको छ ।