Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

जनप्रतिनिधि, सरकारी कर्मचारी लगायतलाई आजदेखि कोरोना विरुद्धको खोप


2.2K
Shares

जनप्रतिनिधि, सरकारी कर्मचारी लगायतलाई आजदेखि कोरोना विरुद्धको खोप

काठमाण्डौ २, फागुन । सरकारले आजदेखि पहिलो चरणको दोस्रो प्राथमिकतमा परेकाहरुलाई कोरोना विरुद्धको खोप लगाउँदैछ । सवास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आइतबारदेखि ८ गतेसम्म कोेरोना विरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभयो । उहाँले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरु सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाउन भनिएको पनि बताउनुभयो ।

प्रवक्ता डा. गौतमले पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालहहरुलाई पनि खोप दिइने जानकारी दिनुभयो । भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप विभिन्न चरणमा मानिसहरुलाई लगाउँदै आएको छ । यस्तै अहिले पहिलो चरणकै कार्यक्रम अन्तर्गत सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाउने निर्णय भएको हो ।

सरकारी कर्मचारीहरू, सुरक्षाकर्मी, जनप्रतिनिधिहरूलाई पनि आजदेखि कोरोनाविरूद्ध खोप दिने भएको छ । यसका लागि देशभरका करिब दुई सय खोप केन्द्रबाट खोप दिइनेछ । खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइनेछ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई खोप लगाएको थियो । जसमा झन्डै २ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology