Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

नक्कली नोट सहित दुई भारतीय नागरिक पक्राउ


2.4K
Shares

नक्कली नोट सहित दुई भारतीय नागरिक पक्राउ

काठमाण्डौ २४,माघ ।नक्कली नोट सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। शुक्रवार दिउँसो २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर २ बस्ने ३५ वर्षीय साबिर अंसारी र सितामढी ग्राम पठनपुर १४ बस्ने ४२ वर्षीय जियाउल अंसारी रहेका छन् ।

जलेश्वर नगरपालिका १ स्थित सडक बिआर ३० भि ९५३० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर चेक गर्दा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ५ सय दरका २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोट फेला परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology