Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

खालबाट २ लाख भन्दा बढी नगद सहित ७ जुवाडे पक्राउ


3.4K
Shares

खालबाट २ लाख भन्दा बढी नगद सहित ७ जुवाडे पक्राउ

दाङ। २३ माघ । दाङमा जुवाको खालबाट २ लाख भन्दा बढी नगद सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोराही ९ तेघराबाट २ लाख २० हजार ७ सय रकमसहित जुवाडे पक्राउ परेको झजिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिनुभयो ।

जुवा खेलीरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको बिशेष टोलीले जुवाडेलाई पक्राउ गरेको उहाँले बताउनुभयो ।

प्रहरीले पक्राउ परेकामाथि घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । डिएसपी रिजालले जुवामा पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार कारबाही हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology