Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

अर्का वडाध्यक्ष लामाको पनि निधन


1.7K
Shares

अर्का वडाध्यक्ष लामाको पनि निधन

नेपालगन्ज २२, माघ । नेपालगन्ज उपमहानगरपालिका ९ का वडाध्यक्ष विष्णुबहादुर लामाको उपचारको क्रममा मृत्यु भएको छ । मेडासिटी अस्पतालमा उपचाररत लामाको आज निधन भएको नेपालगन्ज उपमहानगरका उपमेयर उमा थापा मगरले जानकारी दिनुभयो । वडाध्यक्ष लामाको कलेजो, छाती, आन्द्रा लगायतका भागमा समस्या देखिएको थियो ।

वडा अध्यक्षको उपचारका लागि पैसा अभाव भएपछि नेपालगन्ज उपमहानगर पालिकाले डेढ लाख, जनप्रतिनिधि तथा कर्मचारीबाट साढे तीन लाख संकलन गरी पाँच लाख उपचारका लागि पठाएको थियो ।

यस अघि हिजो चितवनको इच्छाकामना गाउँपालिका ४ का वडाध्यक्ष होम बहादुर राना मगरको पनि निधन भएको थियो। लामो समयदेखि अस्वस्थ रहेका वडाध्यक्ष मगरको उपचारकै क्रममा नयाँदिल्ली स्थित मेदान्त अस्पतालमा गएराती निधन भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology