काठमाण्डौ १७ माघ । गएको २०७२ साल बैशाख १२ गतेको बिनासकारी गोरखा भुकम्पको तस्विर फोटो पत्रकार कुमार श्रेष्ठले पुस्तकको रुपमा गर्नुभएको छ । महाभूकम्पको फोटो पुस्तक आइतबार अमेरिकास्थित नेपाली राजदूतावासमा सार्वजनिक गरिएको हो । अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्की र अमेरिका–नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नुभयो ।
पुस्तकमा २ सयवटा तस्विर रहनेछन् । त्यस्तै सन् २०१५ अप्रिल २५ नेपालमा भुकम्प आएकाले सोही मिति पारेर ‘४२५’ पुस्तकको नाम दिइएको श्रेष्ठले बताउनुभयो । पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै राजदूत कार्कीले श्रेष्ठद्वारा कैद गरिएको फोटोकथा हेरेपछि आफूलाई २०७२ साल बैशाख १२ को महाभूकम्पको दर्दनाक स्मरण भएको बताउनुभयो । भूकम्पले पुर्याउने मानवीय क्षती र त्यसको प्रभावको विषयमा विश्वमा नै यो पुस्तकले नयाँ सन्देश दिने कार्कीले बताउनुभयो ।
त्यस्तै अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले पुस्तकले प्रवासमा रहेका नेपालीहरुलाई आफ्नो मुलुकको दुखद क्षण याद दिलाउने उल्लेख गर्नुभयो । फोटो पत्रकार कुमार श्रेष्ठले आफूले यो पुस्तकमा नेपालमा २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५७ मिनेटको समयदेखि उद्धारसम्मका २ सय तस्विर सामेल गरेको जानकारी दिनुभयो । यो तस्विर कथा इतिहासको जीवित कथा हुने उनले उहाँको भनाई छ ।