Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

चोरीको मोटरसाईकल लिएर हिड्ने युवक गोरखामा पक्राउ


3.9K
Shares

चोरीको मोटरसाईकल लिएर हिड्ने युवक गोरखामा पक्राउ

गोरखा १४, माघ ।  मोटरसाईकल चोरीको आरोप प्रहरीले एक युवकलाई आज पक्राउ गरेको छ । जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ५ मा ट्राफिक चेकजाँचका क्रममा भागेका लम्जुङको दुध पोखरी गाउँपालिका–१ का २३ बर्षका रमेश भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको चेकजाँचमा परेपछि कागजपत्र ल्याउछु भन्दै हिडेका भट्टराईले चढेको मोटरसाईकल चोरीको भएको पुष्टी भएपनि इलाका प्रहरी कार्यालय जौवारीबाट हिडेको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । सो क्रममा प्रदेश नम्बर २ ०२–००२– प ६८८६ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल समेत बरामद भएको छ ।

धादिङको गजुरी गाउँपालिका २ मलेखुका बिजय तामाङले इलाका प्रहरी कार्यालय गजुरीमा दिएको उजुरीका आधारमा उक्त मोटरसाईकल चोरी भएको खुलेको थियो । पक्राउ परेका युवक माथि .थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology