गोरखा १४, माघ । गोरखा जिल्लामा बुधबार (आज) देखि कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मगंलबार कोभिसिल्ड खोप पठाएसंगै खोप लगाउन सुरु गर्न लागिएको स्वास्थ्य कार्यालय गोरखाका कोल्डचेन अधिकृत ऋषिराम खत्रीले जानकारी दिनुभयो ।
खोप सेवा गोरखा अस्पतालबाट दिने भएको छ । खोप सञ्चालन गर्दा जिल्लाको कुनै पनि स्वास्थ्य संस्था बन्द नहुने गरी सेवा सुचारु गर्न लागिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । जिल्लामा पहिलो चरणमा गोरखा नगरापालिका, शहिद लखन गाउँपालिका र भिसेन थापा गाउँपालिकामा कायरत २५६ जनलाई स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्यमंसेवीका, सरसफाई सहयोगी, सुरक्षाकर्मीहरु मध्ये शब ब्यवस्थापनमा संलग्न, एम्बुलेन्स चालक र शब बहान चालकलाई लगाईने छ ।
गोरखा जिल्लाकोलागि २ हजार १० डोज अर्थात २०१ भाइल कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्राप्त भएको हो । १ भाइलमा १० डोज हुन्छ ।