गोरखा १२, माघ । जनता समाजबादी पार्टी नेपालका संघिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले बहिर्गमित लडाकुलाई दिने भनिएको २ लाख रुपैया भत्ता रोकेर अहिले सत्ता धरापमा परेपछि सम्मानको नाटक गरेको बताउनु भएको छ ।
उहाँले सरकारले पूर्वजनमुक्ति सेनालाई लोकतान्त्रिका आन्दोलनमा पुर्याएको योगदानलाई कदर गर्दै सम्मान गर्न समिति गठन गरेको बिषयलाई लिएर यस्तो कटाक्ष गर्नुभएको हो ।
ट्विटरमा भट्टराईले सरकारको निर्णय पोहोर मरिन् सासू, ऐले आयो आँशु जस्तो भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा भट्टराईले सरकारको निर्णय गोहीको आँशु भएको पनि टिप्पणी गर्नुभएको छ ।
