Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा बिप्लवको बन्द प्रभाव, सार्वजनिक सवारी ठप्प, बजार सुनसान


3.7K
Shares

गोरखामा बिप्लवको बन्द प्रभाव, सार्वजनिक सवारी ठप्प, बजार सुनसान

गोरखा १०, माघ । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आवहन गरेको नेपाल बन्दका कारण गोरखाको जनजिवन पनि प्रभावित भएको छ । बन्दका कारण सदरमुकाम क्षेत्रमा सार्वजनिक सवारी साधनहरु प्राय ठप्प भएका छन् । त्यस्तै बजार पसलहरु समेत बन्द भएको छ । बन्दका कारण गोरखा सदरमुकामबाट बाहिरी जिल्लाका लागि छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् ।

जिल्ला भित्र सडकमा बन्दकर्ताको उपस्थिती नभएपनि त्रासका कारण स्वर्तफूर्त बन्दको प्रभाव परेको हो । बिप्लव नेतृत्वको नेकपाले सरकारले आफ्ना नेता कार्यकर्ता माथि धरपकड बढाएको, राजनीतिक आस्थाकै आधारमा नेता कार्यकर्तालाई पक्राउ गरेर झुटा मुद्दा लगाएको बिरोधमा आज बन्दको आवहन गरेको हो ।

पार्टीका महासचिव बिप्लवले एक बिज्ञप्ति मार्फत पक्राउ परेका पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला लगायतका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्नुभएको छ । गएको एकसाता अघि ललितपुरबाट प्रहरीले नेता बास्तोलालाई घेरा हालेर पक्राउ गरेको थियो ।

प्रवक्ता खण्डबहादुर बिश्वकर्मा (प्रकाण्ड) लाई पक्राउ गर्न गएको टोलीले बास्तोलालाई नियन्त्रणमा लिन सफल भएको प्रहरी स्रोतले बताएको छ । प्रकाण्ड भने प्रहरीको घेरा तोडेर भाग्न सफल हुनुभएको थियो । पार्टीका चौथो बरियताका नेतालाई पक्राउ गरेपछि बिप्लव नेतृत्वको नेकपा सरकार बिरुद्ध आक्रमक बनेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology