गोरखा ७ माघ। गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ साैरपानी स्थित दुर्गा माद्यामिक विद्यालयमा अध्यनरत ३४० जना बालबालिकाहरुलाइ मङ्गलबार न्यानो कपडा वितरण भएकाे छ ।
बारपाक सुलिकोट गाउँपालिकाकि उपाध्यक्षकि उपाध्यक्ष सनमाया गुरुङकाे प्रमुख आतिथ्यातामा पाेशाक वितरण गरिएकाे थियाे । पाेशाक वितरण कार्यक्रममा बाेल्दै उपाध्यक्ष गुरुङले न्यानाे पाेशाककाे अभावमा बालबालिकाहरु जाडाेका कारण घरमै बसेर आगाे ताप्ने र विद्यालय नआउने समस्या पाेशाक वितरण पछि समाधान हुने बताउनुभयो ।
चिसाे ठाउँका बालबालिकाहरुका लागि न्यानाे पाेशाक वितरण हुनु अत्यन्त राम्राे रहेकाे उहाको भनाइ थियाे ।
स्थानीय अगुवा नागरिकहरुकाे समन्वयमा प्राप्त पाेशाक बालबालिकाहरुलाइ प्रदान गरिएकाे थियाे ।
कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष भिम बहादुर गुरुङ , तमु हयुल छोँज धीँ गुरुङ राष्ट्रीय परिषदका केन्द्रिय उपाध्यक्ष तथा बारपाक सुलिकोट गाउँपालिका नेकपा अध्यक्ष नर बहादुर गुरुङ , युवा नेता धिरज उपरकोटि , नेकपा जिल्ला सदस्य दाई मोहन ढकाल , हाेङ्सी सिमेन्ट का विदेशी तथा स्वदेशी अधिकारीहरु लगायतका नागरिकहरु सहभागि थिए ।