Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

भरुवा बन्दुकसहित निकुञ्ज क्षेत्रबाट ५ जना पक्राउ


1.6K
Shares

भरुवा बन्दुकसहित निकुञ्ज क्षेत्रबाट ५ जना पक्राउ

काडमाण्डौ ३, माघ । त्रिपुरासुन्दरी नगरपालिका–११ मुह क्षेत्र अन्र्तगत शे–फोक्ण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रहरीको सहयोगमा निकुञ्ज कार्यालयका कर्मचारीले ५ जनालाई भरुवा बन्दुक सहित पक्राउ गरेको छ । निकुञ्ज क्षेत्रका कर्मचारीले नाल भरुवा बन्दुकसहित उनिहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीयबासी ४५ वर्षीय मनबहादुर बुढा, ३७ वर्षीय चन्द्रप्रसाद बुढा, वडानम्बर–७ पहाडाका ४१ वर्षीय सूर्यबहादुर बुढा, ३० वर्षीय चन्द्र केसी र २१ वर्षीय गोकर्ण बुढा रहेको जनाइएको छ ।

कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिका घर खानतलासी गर्दा एक थान बारुदको डिब्बा, ४५ थान छर्रा, कस्तुरी मार्ने पासो १४ थान, बारुद भरिएको चौरी गाईको २ वटा सिङ र शङ्कास्पद कस्तरीको दाँत ४ वटा बरामद भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology