दाङ १,माघ । राप्ती नदीमा डुबेर एक जना बेपत्ता भएका छन्। जिल्लाको राजपुर गाउँपालिका वडा नं। २ बेलाका २४ वर्षीय प्रदीप चौधरी बिहीबार दिउँसो नुहाउने क्रममा राप्तीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । आज अपराह्र करिब १२ बजेको समयमा नुहाउन पसेका चौधरी डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्याृलयका प्रहरी प्रमुख एसपी गणेश चन्दको भनाई छ ।
चौधरी बेपत्ता भएको खबरपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीले खोजी गरे पनि फेला पार्न नसकिएको एसपी चन्दले बताउनुभयो ।
स्थानीयले बेपत्ता चौधरीले मदिरा सेवन गरेर नुहाउन भनी राप्तीमा पसेको बताएका छन्।