Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

लिगलिगकोटको जिर्णोद्धार र संरक्षणमा जोड दिन पत्रकार महासंघ गोरखाको माग


2.7K
Shares

लिगलिगकोटको जिर्णोद्धार र संरक्षणमा जोड दिन पत्रकार महासंघ गोरखाको माग

गोरखा, २० पुस (रासस) । नेपाल पत्रकार महासंघ गोरखाको १० औं साधारणसभाले ऐतिहासिक लिगलिगकोटको जिर्णोद्धार र संरक्षणमा जोड दिन माग गरेको छ । महासंघको शुक्रबार र शनिबार पालुङटार नगरपालिका–२ आँपपिपलमा पर्ने लिगलिगकोट दरबार परिष्रमा भएको साधारण सभाले ७ बुदेँ लिगलिगकोट घोषणा पत्र जारी गदै भग्नावशेष अबस्थामा रहेको नेपालको ऐतिहासिक लिगलिगकोट दरबारको संरक्षण जिर्णोद्धार र प्रचार–प्रसारमा जोड दिन आग्रह गरेको महासंघका गोरखाका अध्यक्ष किशोरजंग थापाले जानकारी दिनुभयो ।

महासंघले जारी गरेको लिगलिगकोट घोषणा पत्रमा नेपाल एकिकरणको उद्गमस्थल लिगलिगकोट दरबार क्षेत्रको संरक्षण, जिर्णोद्धार, प्रचार प्रसारका साथै पुरातात्विक महत्व बोकेको यस क्षेत्रको समग्र विकासका लागि ध्यान पु¥याउन पुरातत्व बिभाग लगायत सम्बन्धित निकायलाई आग्रह गरेको उहाँले बताउनुभयो । त्यस्तै लामो समयदेखि बन्द रहेको गोरखाको एक मात्र बिमान स्थल पालुङटार विमानस्थल पुनःसञ्चालन, मध्यपहाडी लोकमार्ग द्रुत गतिमा निर्माण सम्पन्न गर्न समेत महासंघ जोडदार माग गरेको छ ।

महासंघले जारी गरेको घोषणा पत्रमा पत्रकारको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका कार्यक्रम सञ्चालनका लागि गोरखाका सबै स्थानीय तह तथा अन्य संघ संस्थाहरुसँग सहकार्य तथा सहयोगका लागि आग्रह गरेको अध्यक्ष थापाले बताउनुभयो । साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आर्चायले पत्रकारहरु आवाज विहिनहरुको आवाज भएकाले सधै जनताको पक्षामा कलम चलाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले नेपाल एकिकरणको उद्गम थलो लिगलिगकोट दरबार भग्नावशेष अबस्था रहेको भन्दै नेपाल एकिकरणको इतिहासलाई जोगाई राख्न पनि लिगलिगकोटको संरक्षण आबश्यक रहेको बताउनुभयो । ‘लिगलिगकोटको जिर्णोद्धार र संरक्षणका लागि पत्रकारहरुले पनि कलम चलाउनुपर्ने आबश्यकता छ, उहाँले भन्नुभयो, लामो इतिहास बोकेको दरबार जिर्ण छ, संरक्षण र जिर्णोद्धारका लागि पहल गरिएन भने इतिहास भेटिन पनि सक्छ ।’

अध्यक्ष आर्चायले नेपाल पत्रकार महासंघ नेपालको सवैभन्दा पहिलो नागरिक अगुवाहरुको संस्था रहेको भन्दै उहाँले महांसघले पत्रकारहरुको हकहित अधिकार, मिडियाहरुको हित, राष्ट्रिय स्वाभिमान र राष्ट्रको हित, लोकतन्त्र पक्षमा वकालत र नागरिक हितको पक्षमा प्रतिबद्ध भएर लाग्दै आएको बताउनुभयो । महासंघ गोरखाले जिल्ला भित्रका पर्यटकिय क्षेत्रको प्रचार–प्रसार गर्दै जिल्ला भित्र आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनका लागि महासंघको हरेक कार्यक्रमलाई रचनात्मक ढगंले बिकास र सम्बृद्धिसंग जोड्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology