Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पश्चिमी बायुको प्रभावका कारण देशभर एक्कासी चिसो बढ्यो


3K
Shares

पश्चिमी बायुको प्रभावका कारण देशभर एक्कासी चिसो बढ्यो

गोरखा, १९ पुस ।  देशभर आज एक्कासी चिसो बढेको छ । पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली र केही उच्च पहाडी क्षेत्रमा हिमपात भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी क्षेत्रको मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना नरहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । पश्चिमी वायुको प्रभावकै कारण अब जाडो झन् बढ्ने मौसमविद्को अनुमान छ ।

यो प्रणालीका कारण मङ्गलबार (पर्सि) सम्म नै देशका धेरै ठाउँको मौसम बदली हुने मौसमविद् श्रेष्ठले बताउनुभयो । दिउँसोको समयमा बेलाबेलामा घाम लागे पनि फेरि बदली हुने उहाँको भनाइ छ । यस्तै पश्चिमी वायुको प्रभाव हटेपछि तराईका जिल्लामा शीतलहरको सम्भावना रहने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology