रुकुमपूर्व १६, पुस । रुकुमपूर्वमा १८ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा
रुकुमपूर्व भूमे गाउँपालिका–३, झुम्लाबाङका ३४ वर्षीय ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका–४, अमलाचौरका ५८ वर्षीय मन्सराम खत्री र भूमे गाउँपालिका–३, झुम्लाबाङ घर भइ वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षीय हिक्मत पुन रहेका छन् ।
उनिहरुलाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो । ताराप्रसाद र मन्सरामलाई १४ गते राति ११ः५० बजे सिस्ने गाउँपालिका–६ को छिप्रिदहस्थित एक होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो ।
अफिमको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको डिएसपी बज्राचार्यले बताउनुभयो । १४ गते दुई जनालाई पक्राउ गरी थप अनुसन्धान गर्दा हिक्मत पनि अफिम कारोबारमा संलग्न भएको खुलेको हो । ५ किलो ५ सय ग्राम अफिमसहित हिक्मतलाई पनि प्रहरी बिहीबार पक्राउ गरेको हो ।